जनता टाइम्स

६ असार २०७९, सोमबार ०८:१०

एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दै


काठमाडौं, ६ असार ।  एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ ।खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो । समूह बी मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । बहराइन २ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ ।