जनता टाइम्स

७ असार २०७९, मंगलवार २०:०५

मूल्यवृद्धिविरुद्ध अनेरास्वियुको राँके जुलुस (फोटोफिचर)


काठमाडौं, ७ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आज प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ ।

यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो ।