जनता टाइम्स

८ असार २०७९, बुधबार १९:५४

बिष्णु रिजालले भण्डाफोर गरे गगन-बिश्वप्रकाशको नाटक


काठमाडौं, असार ८ । नेकपा एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले कांग्रेस महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माको नाटक भण्डाफोर गरिदिनु भएको छ ।

आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएर समाचार लेखाउनेदेखि कानून बनाउन छाडेर निर्वाचन आयोगमा ज्ञापनपत्र दिनेसम्मको नाटक थापा र शर्माले गरेपछि एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुखसमेत रहनुभएका रिजालले …नाटक देखाउनुहुन्छ । हाय ! भन्दै सामाजिक सञ्जालमार्फत भण्डाफोर गर्नुभएको हो ।

‘कांग्रेसका महामन्त्री साथीहरु ‘राजनीति’ गर्न माहिर हुनुहुन्छ । आफ्नै पार्टीको नेतृत्वको सरकार छ, अनि आफ्नै सभापतिलाई भेटेर मागपत्र पेस गर्नुहुन्छ । संसदमा बहुमत भएरै सरकार बनेको होला, कानुन बनाउन छाडेर निर्वाचन आयोग पुगेर प्रवासीलाई मतदानको माग गरेर नाटक देखाउनु हुन्छ । हाय !,’ रिजालले भन्नुभएको छ ।