जनता टाइम्स

१० असार २०७९, शुक्रबार ०५:४३

नेपालको फिफा वरीयता आठ स्थान खस्कियो


काठमाडौं १०असार।विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको छ ।अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताकोतेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ ।

बंगलादेश १ सय ९२ औं, भुटान १ सय ८६ औं, पाकिस्तान १सय ९६ औं र श्रीलंका २ सय ७ औं स्थानमा रहेका छन् । शीर्ष स्थानमा ब्राजिल रहेको छ ।यस्तै बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्। स्पेन छैटौं, इटाली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा छ।