कैलाली, साउन ३ । कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको छ ।
धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ।
बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ । घटना स्थलमा झोला र पेस्तो भेटिएकोले घटना शंकास्पद रहेको प्रहरीले बताएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिए पनि त्यो नभएर ठूलै बम विस्फोट भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्