जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार ०७:३३

मध्य र पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना – मौसम महाशाखा


काठमाडौं, साउन ३ । मौसम पूर्वानुमान महाशाखाले आज देशका मध्य र पूर्वी क्षेत्रका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना उल्लेख गर्दै पहाडी भूभागमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहीबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उक्त कुरा बताएको हो ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वी र मध्य क्षेत्रका केहि र पश्चिम क्षेत्रका एक÷दुई स्थान मा वर्षा भइरहेको बताउनुभयो ।

काठमाडौं उपत्यकामा पनि बिहानै वर्षा भएको छ। तरआज मुलुकका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। दिउँसो काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पूर्वी क्षेत्रका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसरा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अर्थात् भारतमा अवस्थित छ जसका कारण अहिले देशभर मनसुनी गतिविधि कम सक्रिय छ। तर एक\दुई दिनभित्र त्यो रेखा पुनः नेपाल भित्रिने सम्भावना रहेको मौसविद्हरुको भनाई छ । उक्त रेखा भित्रिएपछि पुनः ठूलो वर्षा हुने मौसमविद्को अनुमान छ।