जनता टाइम्स

१० असार २०७९, शुक्रबार ११:५३

बर्षा बाधक बन्दा नेपाल एसिया कपमा छनोट हुन असफल


युएई,१० असार। एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटको फाइनल पुग्न नेपाल असफल भएको छ।

समूह बीको विजेताको रुपमा समूह ए को विजेता युएईसँग प्रतिस्पर्धा गरेको थियो।तर वर्षाका कारण खेल हुन नपाए पछि समूह चरणको नतिजाका आधारमा युएई अर्को वर्ष आयोजना हुने एसियाकपमा छनोट हुन सफल भयो।यदि आजको खेलमा जित निकाल्न सकेको भए नेपाल फाइनलमा पुग्दै एसिया कपमा छनोट हुन सक्ने थियो ।

मलेसियामा जारी प्रसितयोगिता अन्तर्ग आजको पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो। टस जितेर पहिला फिलिडङ गरेको नेपालले युएईलाई १९।५ ओभरमा अलआउट गर्दै ८१ रनमा रोक्न सफल भयो।

नेपालका लागि अस्मिना कर्माचार्यले ५ विकेट लिँदा इन्दू बर्माले ३ तथा सिता रानामगरको नाममा २ विकेट रह्यो।८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहेपनि बर्षाका कारण ढिला भएको थियो।खेल रद्द भएपनि नेपालका लागि ५ विकेट लिएको अस्मिना कर्माचार्य प्लेयर अफ दी म्याच बनिन्।