जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १३:०८

औषधि व्यवस्था विभागको प्रश्न, कुन औषधि अभाव भएको हो ?


काठमाडौं, साउन ३

औषधि व्यवस्था विभागले अभाव रहेको औषधिबारे जानकारी दिन चिकित्सक तथा अस्पतालहरूलाई आग्रह गरेको छ।
नेपालमा बिरामी मानिस तथा पशुपंक्षीको उपचारका लागि अभाव रहेको औषधि उपलब्ध गराउन प्रश्न गरेको हो । विभागले एलोपेथिक, आयुर्वेदिक, होमियोप्याथि र भेटिरिनरी कुन औषधि अभाव भएको हो ? भनी प्रश्न गरेको छ ।

कतिपय औषधिहरू बजारमा उपलब्ध नभएको भन्ने गुनासा समाचार माध्यममा प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको भन्दै विभागले सात दिनभित्र लिखित, ईमेल वा अन्य कुनै माध्यमबाट जानकारी दिन आग्रह गरेको हो ।

‘के कस्ता प्रकारका औषधिहरूको कस्तो प्रकारको रोगको उपचारका लागि अभाव रहेको हो सो सम्बन्धमा पनि सो चिकित्सा पद्धतिमा संलग्न सम्बद्ध चिकित्सकहरू, अस्पतालहरूलगायतलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा लेखिएको छ ।