जनता टाइम्स

१४ असार २०७९, मंगलवार १८:४९

सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा (सूचीसहित)


काठमाडौं, असार १४ । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरिएको छ । गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गर्नुभएको हो ।

एसपी पदमा बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जिवन केसी, धिरेन्द्र राज न्यौपाने, देवराज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना हुनुहुन्छ ।