जनता टाइम्स

१५ असार २०७९, बुधबार १३:२१

कांग्रेस नेता केसीको शल्यक्रिया गरी राखियो मुटुमा पेसमेकर


काठमाडौं, असार १५ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पताल भर्ना हुनुभएको छ । केसीलाई मुटुको चालमा समस्या देखिएपछि काठमाडौंको ह्याम्स अस्पताल भर्ना गरी उपचार अघि बढाइएको हो ।

अस्पतालका अनुसार मंगलबार केसीको मुटुमा पेसमेकर (मुटुको गति नियन्त्रण गर्न सघाउने यन्त्र) राखिएको छ। केसीका स्वकीय सचिव निराजन थापाका अनुसार मंगलवार अपरेशन गरेर पेसमेकर राखिएको हो।

उहाँको स्वास्थ्य सुधारउन्मुख रहेको चिकित्सकहरूले जानकारी दिएको थापाले बताउनु भयो । नेता केसीलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार नै केसीलाई अस्पताल लगिएको थियो।