काठमाडौं, १६ असार । भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत परीक्षणका लागि आदेश दिएलगत्तै उहाले राजीनामा दिनुभएको छ । बहुमत परीक्षणमा सर्वोच्च अदालतको आदेशको लगत्तै सामाजिक संजालको लाइभमा भनेका छन् ‘म शिव सैनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु।
पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’ ठाकरे त्यसलगत्तै उहाँ राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुग्नुभएको थियो। यसअघि बुधबार राति करिब ९ बजे सर्वोच्च अदालतले बहुमत परीक्षण रोक्न अस्वीकार गरेको थियो।महाराष्ट्रका गभर्नरले बिहीबार बिहान ११ बजे फ्लोर टेस्ट गर्न भन्नुभएको थियो । उद्धव ठाकरेले शिवसेनाका विद्रोही विधायकलाई पनि निशाना बनाउनुभएको छ । उद्धव ठाकरेले महाविकास अगाडी गठबन्धनका सदस्य कांग्रेस र एनसीपीलाई धन्यवाद दिएर आफ्नो सम्बोधन सुरुगर्नुभयो । उहँले सरकारको साढे दुई वर्षको कार्यकालमा गरेका उपलब्धिहरू समेत गणना गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्