जनता टाइम्स

१६ असार २०७९, बिहीबार १२:५५

देउवाको काउन्टरमा उत्रियो शेखर समुह, यी एजेण्डासहित बोलाइयो बेग्लै भेला


काठमाडौं, असार १६ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा चुनावको समिक्षा हुन नसकिरहेका बेला डा.शेखर कोइराला समूहले आज आफ्नो पक्षको बेग्लै भेला आयोजना गरेको छ ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेपछि प्रतिवादको रणनीत बनाउन शेखर समुहले आज छुट्टै भेला बोलाएको हो । महाधिवेशनका शेरवहादुर देउवासँग पराजित भएपछि शेखरले आफ्नो समूहको अलग अस्तित्व कायम गर्दै आउनु भएको छ । सोही कारण उहाँले आज अपरान्ह् ३ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डम शेखर समूहको भेला बोलाउनु भएको हो ।

भेलामा शेखर समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई समेत सहभागी गराइँदैछ । भेलामा पाार्टी केन्द्रीय समिति बैठक बोलाएर चुनावी समिक्षा गर्नुपर्ने विषय राखिएको छ ।

त्यस्तै आगामी चुनावको तयारी,भातृ संस्था गठन तथा विस्तार,विधान कार्यन्वयन गराउँन दबाब दिने लगायतका विषयमा छलफल हुने बताइएको छ । आगामी चुनावमा गठबन्धनको भागबण्डा कसरी गर्ने भन्नेबारेमा समेत पार्टीमा छलफल हुनुपर्ने शेखर समूहको माग छ । पछिल्लो समय देउवाले शेखर समुहलाई पूर्णत बेवास्ता गर्दै आउनु भएको छ ।