जनता टाइम्स

१८ असार २०७९, शनिबार ०६:४३

एन्फाका महासचिव राईलगायतका टोलीद्धारा साफ महासचिवसँग बंगलादेशमा भेटवार्ता , नेपालमा महिला साफ च्याम्पियनसिप गराउन प्रस्ताव


बंगलादेश,१८ असार। अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का महासचिव किरण राईलगायतका टोलीले साउथ एसियन फुटबल फेडेरेसनसाफका महासचिव अनवरुल हक्व हेलललाई भेटेका छन्।

राईको नेतृत्वमा बिहीवार बंगलादेश गएको नेपाली प्रतिनिधिमण्डलले ढाकास्थित साफ मुख्यालयमा हेलललाई भेट्दै नेपालमा साफ महिला च्याम्पियनसिप गराउन प्रस्ताव गरेको हो।

महासचिव राईले अगस्ट २९ देखि सेप्टेम्बर १० सम्म प्रतियोगिता गर्न प्रस्ताव गरेका छन्। राईको प्रस्तावमा हेललले सकारात्मक प्रतिकृया दिएको एन्फाले जनाएको छ।