काठमाडौं, असार १८ । विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यु डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनल तथा विभायीग डर्बीमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
राउन्ड रोबिन लिग खेलमा पनि जित निकालेको पुलिसले फाइनलमा पनि निरन्तरता दिन सफल भएको हो । लिगमा पुलिसले एपिएफमाथि ३–१ को सेटमा जित निकालेको थियो । पुलिसले उपाधि जित्ने क्रममा पहिलो सेट २५–१६, दोस्रो २७–२५ र तेस्रो सेटमा २५–१९ को रोमाञ्चक जित निकालेको हो ।
योसँगै विजेता पुलिसले ५ लाख रुपैयाँ, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता एपिएफले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतिक्रिया दिनुहोस्