जनता टाइम्स

१८ असार २०७९, शनिबार १९:२७

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षद्धारा समानान्तर समिति गठन


काठमाडौं, असार १८ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको छ ।

असन्तुष्ट पक्षले आयोजना गरेको भेलाले पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

समितिले विधान वमोजिम कारबाही गराउन र सम्मेलनको तयारीका लागि काम गर्ने असन्तुष्ट समूहले जनाएको छ ।

कार्की पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए । अखिल क्रान्तिकारीले कार्कीसहितका नेता कार्यकर्तालाई कारबाही गरेको थियो ।