काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । मंगलबार दिउँसो एक बजे बस्नेगरी देउवाले बैठक बोलाउनुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक संस्थाको विधान तय गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
पार्टीभित्रका अरू विषय र राजनीतिक विषयमा समसामयिक छलफल गर्ने गरी बैठक बोलाइएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्