जनता टाइम्स

२० असार २०७९, सोमबार ११:४९

एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने


काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले ओली सरकारकै पालामा पत्राचार गरेको सार्वजनिक भएको थियो । तर ओलीले भने पत्रको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आउनुभएको छ ।