जनता टाइम्स

२० असार २०७९, सोमबार १३:१२

राष्ट्रपति भण्डारीद्धारा मन्त्री हेरफेर (सूचीसहित)


काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गर्नूभएको हो । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।

जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनभएको छ । महिन्द्राराय यादव, रेणु यादव र रामसहायप्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरूको सोमबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।