काठमाडौं, असार २१ । नेकपा (एमाले) सांसद् गुलेफुन खातुनको स्थानमा धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ को सांसद् नियुक्त हुनुभएको छ । सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोसी ठहर भएपछि समानुपातिक सांसद् खातुनले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भएपछि बस्नेत प्रदेश सांसद्मा नियुक्त हुनुभएको हो ।
बस्नेतलाई निर्वाचन आयोगले सोमबार समानुपातिक सांसद् नियुक्त भएको पत्र दिएको नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । प्रदेश सांसद्को कार्यकाल चार महिना बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्