जनता टाइम्स

२३ असार २०७९, बिहीबार ०६:५९

आज यी ठाउँमा पानी पर्न सक्ने, यस्तो छ तीन दिनको मौसमी विवरण


काठमाडौं, २३ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले प्रदेश १, वागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, वागमती, लुम्बिनी र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको अनुमान गरिएको छ ।आगामी २४ घण्टामा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू–क्षय, पहिरोको साथै नदी नाला तथा खहरे खोलामा बाढी आउन सक्ने भन्दै आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ ।

२०७९ असार २३ गते (बिहिबार)

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७९ असार २४ गते (शुक्रबार)

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  प्रदेश नं १, बागमती र गण्डकी प्रदेश केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७९ असार २५ गते (शनिबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।