जनता टाइम्स

२३ असार २०७९, बिहीबार १६:१६

प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डीआईजी टेकप्रसाद राईलाई


काठमाडौं, २३ असार । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।राई हालैमात्र डीआईजीमा बढुवा भएर महानिरीक्षक (आईजीपी)को सचिवालयमा पदस्थापन हुनुभएको हो ।

उहाँ आफ्नो भर्ना ब्याचबाट दोस्रो नम्बरमा रहेर डीआईजीमा बढुवा हुनुभएको थियो ।नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी कुन दर्जालाई दिने निश्चित छैन । आईजीपीले आफ्नो तजबिजी अधिकार प्रयोग गरी प्रवक्ता तोक्ने गरेका छन् । तर, पछिल्लो समय एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिँदै आएको छ।