जनता टाइम्स

२३ असार २०७९, बिहीबार १८:००

प्रेम आलेको अर्काे निर्णय पनि अदालतले गर्यो खारेज


काठमाडौं, असार २३ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकरीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार भएको सुनुवाइपछि कार्यकारी अध्यक्षमाथि छानबिन गर्नुपरे पनि निलम्बन गर्नु नपर्ने ठहर गर्दै निर्णय कार्यन्वयनमा रोक लगाएको हो ।

अदालतले दीपु ज्वारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गर्ने निर्णयसमेत हाललाई कार्यान्वयन नगर्न समेत आदेश दिएको छ ।