जनता टाइम्स

२४ असार २०७९, शुक्रबार १३:१०

एमाले केन्द्रीय विभागको बैठक जारी, अध्यक्षले सम्बोधन गर्ने


काठमाडौं, २४ असार । एमाले केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा जारी छ ।बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरूका बारेमा अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राख्नुभएको छ।चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो ।

आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित हुनुहुन्छ ।महासचिव पोखरेलले सम्बोधन गरेपछि बैठकलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।