काठमाडौ, २५असार ।अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) बीचको सम्झौता रद्ध हुने भएको छ ।
एन्फा र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको हो ।एनएसएलसँग गरिएको सम्झौताको कतिपय बुँदामा त्रुटि देखिएको निष्कर्ष सहित सम्झौता रद्धका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको हो ।
फुटबलमा कर्पोरेट क्षेत्रको लगानी भित्र्याउने उद्धेश्य सहित चार वर्षअघि एन्फाले चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग एनएसएल आयोजनाको औपचारिक सम्झौता गरेको थियो ।
चार वर्षका लागि गरिएको सम्झौता दोस्रो संस्करण सुरु नहुँदै विवादमा परेको हो । कोभिडको प्रभावका बीच बन्द रंगशालामा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेर आयोजकले लोकप्रियता कमाएको थियो ।
तर दोस्रो संस्करण सुरु हुनुअघि ए डिभिजनका केही ठुला क्लबले प्रक्रिया पुरा नगरि आफ्ना खेलाडी अनुबन्ध गरिएको भन्दै एन्फा र एनएसएलसँग असन्तुष्टि जनाएका थिए । सोही असन्तुष्टिका कारण एनएसएलको दोस्रो संस्करण आयोजना हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्