काठमाडौं, २५ असार । नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आबेको शुक्रबार विहान चुनावी अभियानका क्रमममा गोली प्रहार गरी हत्या गरिएको हो।शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दे जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगाएतका नेताहरुले पनि घटनाको भत्सर्ना गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्