जनता टाइम्स

२५ असार २०७९, शनिबार १३:३१

बर्षाले भासियो हुलाकी सडक


दाङ, २५ असार । बर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन ।

सडकमा क्षति हुँदा अवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।