जनता टाइम्स

२५ असार २०७९, शनिबार १७:०५

जापानमा यसअघि पनि पटक–पटक बन्दुकधारीको निशानामा परेका थिए शीर्ष नेता, यी हुन आक्रमणमा परेका नेता


टोकियो, जापान । आपराधिक गतिबिधि अत्यन्तै न्यून रहेको भनिएको जापानमा शुक्रवार बिहान पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि नारामा चुनावी प्रचार अभियानको क्रममा भाषण गर्दै गर्दा गोली प्रहार भयो । उहाँको निधन भइसकेको छ ।

यो घटनाएपछि जापानमा ठूलो तरंग पैदा भएको छ । जापानमा शान्ति सुब्यवस्था खलल भएको त होइन भन्ने बहश अन्तराष्ट्रिय तहमै उठेको छ । पूर्वप्रधानमन्त्री नै सुरक्षित नहुने मुलुक कसरी आपराधिक गतिबिधि नहुने मुलुकमा पर्न सक्छ भन्दै नयाँ बहशको थालनी पनि भएको छ ।

इतिहास केलाएर हेर्दा जापानमा पूर्वप्रधानमन्त्री आबे बन्दुकधारीको निशानामा पर्ने पहिलो राजनीतिक नेता भने होइनन । उहाँभन्दा अगाडि पनि पटक–पटक राजनीतिक दलका नेता बन्दुकधारीको निशानामा परेका छन । सन १९९२ मा लिबरल डेमेक्र्याटिक पार्टीका तात्कालिन उपाध्यक्ष शिन कानेमारु पर्नुभएको थियो । उहाँले तोचिगि प्रान्तमा भाषण सकाएलगत्तै दक्षिणपन्थी समुहका एक ब्यक्तिले गोली हानेका थिए ।

त्यस्तै एक ब्यक्तिद्वारा जो दक्षिणपन्थी समुहका एक पूर्वसदस्य थिए । त्यसपश्चात सन १९९४ मा पूर्वप्रधानमन्त्री मारिहिरो होसोकावालाई टोकियोको सिन्जुक वार्डमा रहेको एउटा होटलमा गोली हानिएको थियो । तर सो घटनामा उहाँहरु दुवै जना घाइते हुनुभएन ।

यसैगरी सुन १९९० मा नागासाकीका मेयर हितोषी मोतोषीलाई पनि दक्षिणपन्थी समुहका सदस्यले गोली हानेका थिए । उहाँ गम्भीर घाइते हुनुभएको थियो । सन २००७ मा पनि नागासाकीकै तात्कालिन मेयर इतोउको आपराधिक समुहको गोली प्रहारबाट मृत्यू भएको थियो ।