जनता टाइम्स

२५ असार २०७९, शनिबार १८:३३

बुढीगंगा नगरपालिका–३ पनि एमालेको जीत, अधिकारी दोब्बर मतले वडाध्यक्षमा निर्वाचित


बाजुरा, असार २५ । बुढीगंगा नगरपालिका ३ मा पनि नेकपा एमाले उम्मेदवार खडकबहादुर अधिकारी विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार गोरख बहादुर रौलेलाई पछि पार्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार अधिकारी विजयी हुनुभएको हो ।

विजयी एमाले उम्मेदवार अधिकारीले ५ सय २८ ल्याउनु भएको छ भने प्रतिदन्द्धी रौलेले २ सय १९ मत मात्र पाउनु भयो । सोही वडाबाट एमालेका मेयरको ५ सय ११ काँग्रेस मेयरको २ सय ३२ र एमाले उपमेयर ५ सय २६ काँग्रेस उपमेयर २ सय १४ मत पाउनु भएको छ ।

कुल १ हजार ३ सय ४० मतदाता रहेको सो वडामा ७ सय ६७ सय मत खसेका थिए । १० वटा वडामा ६ वटा वडाको मतगणना सम्पन्न मध्य ५ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा न ८ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका छन ।

बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६।८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताउनु भयो । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।