जनता टाइम्स

२६ असार २०७९, आईतवार ०७:४४

बुढीगंगामा १७ सय गणना बाँकी : मेयर–उपमेयर दुवैमा एमाले अगाडि, कसको कति ?


बाजुरा, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । खसेको ९ हजार ११७ मतमध्ये अहिलेसम्म ७ हजार ४१७ गणना सकिएको छ । हाल सम्मको परिणामअनुसार प्रमुख–उपप्रमुख दुवैमा एमालेका उम्मेदवार अगाडि रहनुभएको छ ।

प्रमुखमा एमाले उम्मेदवार रामबहादुर बानियाँ ७८० मतले अगाडि हुनुहुन्छ भने बानियाँले ३ हजार ८८१ मत पाउँदा कांग्रेस उम्मेदवार रङ्गबहादुर खाती ३ हजार १०१ मतका साथ पछ्याइरहनुभएको छ ।

उपप्रमुखमा मायाकुमारी खड्का कुँवरले ३ हजार ७५३ मत र रिता शाहीले ३ हजार १५३ मत पाउनुभएको छ । दुईजनाबीच ६०० मतको फरक छ । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ७, ८, ९, र १० को गणना सकिएको छ । अब २ वटा वडाको गणना बाँकी छ । गणना सकिएका ८ वडामध्ये तीनवटा वडा ४, ७ र ८ अध्यक्षमा कांग्रेस विजयी भएको छ भने ५ वटा वडा एमालेले जितेको छ ।