काठमाडौं, असार २६ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज भेला गर्न लागेका छन्। कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू आज छुट्टै भेलामा जुट्ने भएका हुन्।
आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने तय भएको छ । सोमबार कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ।
उक्त बैठकमा कसरी प्रस्तुत हुने र के(के एजेन्डा राख्ने भन्नेबारे कोइराला पक्षले आज पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरी सामूहिक धारणा बनाउन लागेको ती नेता बताउँछन। सभापति शेरबहादुर देउवाले छ महिनाभित्र विधानअनुसार गर्नुपर्ने काम गर्न सक्नुभएको छैन ।
भ्रातृ संस्थामा नेतृत्व दिँदा पनि आफूहरूसँग परामर्श नगरेको आरोप कोइराला पक्षको छ। आजै कांग्रेस पदाधिकारी बैठक पनि बस्दैछ।
सानेपामा दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाइएको छ। भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका विधान र उनीहरूलाई मान्यता दिनेलगायत विषयमा पदाधिकारी बैठक बस्ने भएको हो।













प्रतिक्रिया दिनुहोस्