कतार, असार २६ । प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको छैटौं अधिवेशनको तयारी पूरा भएको छ । सोमवार एमाले महासचिव शंकर पोखरेलले अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
कतारमा रहनुभएका एमाले नेता चानक पोखरेलले दिनुभएको जानकारी अनुसार अधिवेशनका लागि आवश्यक सवै तयारी पूरा भएको छ भने प्रमुख अतिथि एमाले महासचिव पोखरेल कतार आइपुग्नु भएको छ ।
महासचिव पोखरेल आइतवार राती कतार आइपुग्नु भएको हो । महासचिव पोखरेललाई ओएनएफका नेता पोखरेलसहितका पदाधिकारीहरुले स्वागत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्