जनता टाइम्स

२६ असार २०७९, आईतवार १२:५९

किशोरसँगै होटलमा गएकी किशोरी मृत फेला


बुटवल, २६ असार– बुटवलको एक होटलमा १६ वर्षीया किशोरी मृत फेला परेकी छन् ।बुटवल उपमहानगरपालिका–२ की १६ वर्षीया समीक्षा गुरुङ शुक्रबार राति साढे १० बजेतिर एक किशोरसँगै बुटवल–३ स्थित पाल्पाली होटल पुगेकी थिइन् । गुरुङसँगै गएका किशोर सोही दिन होटलबाट बाहिरिएका थिए ।

किशोरीको शव शनिबार कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए । किशोरीसँगै होटलमा गएका युवक को थिए भन्नेबारे खोजबिन थालिएको प्रहरीले जनाएको छ ।