लमजुङ, २६ असार । पहिरोका कारण गाउँ जोखिममा परेको भन्दै बेसीशहर नगरपालिका–११ मा रहेको समाज सेवा युवा क्लबले हिमालयन पावरपार्टनर लिमिटेडको कार्यालयमा जुलुस तथा धर्ना कार्यक्रम गरेको छ ।
क्लबका पदाधिकारीहरूले हिमालयन पावर पार्टनरको कार्यालयलाई पहिरोका कारण गाउँनै जोखिममा परेपछि लिकेज भएको सुरुङको तत्काल मर्मतको माग गर्दे ज्ञापन पत्र बुझाएको र हाल सम्म पनि आफ्नो माग पुरा नगरी दिँदा आज कार्यालय अगाडी जुलुस तथा धर्ना कार्यक्रम गरेको समाज सेवा युवा क्लबका अध्यक्ष ईश्वर राज सेढाईले बताउनुभयो ।
दोर्दी खोलमा निर्माणाधीन २७ मेगावाटको हिमालयन पावर पार्टनर लिको सुरुङ टेस्टिङको क्रममा रामचोक फाँटस्थित केउरानी खोला भएको सुरुङ लिकेजको कारण ठाउँ-ठाउँमा पहिरो जाँदा गाउँनै जोखिमता परेको समाज सेवा युवा क्लबका अध्यक्ष ईश्वर सेढाईले बताउनुभयो ।
सुरुङको लिकेज बापत एक पटक मर्मत भइसकेको तर पनि पानी भने लिकेजनै भइरहेको हुँदा सो को कारण गाउँ नै विस्थापित गर्नु पर्ने अवस्थामा पुगेको अध्यक्ष सेढाईको भनाई छ । क्लबले सुरुङको पानी तत्काल खाली गरी मर्मत कार्य गर्न र सो क्षेत्रको जनधनको सुरक्षाको लागि हाइड्रोपावर समक्ष माग राख्दै धर्ना गरेको क्लबले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्