जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ०७:५३

विप्लव समुहलाई झट्का, उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ


काठमाडौं, साउन ५ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज माइला लामा प्रकाउ परेका छन्। काठमाडौंको काडाँघारीबाट लामालाई गएराति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौंको काँडाघारीमा रहेको विशेष सूचनाका आधारमा लामालाई राति १२ बजेर २० मिनेटमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। काठमाडौं, भक्तपुर तथा ललितपुरको इन्चार्ज रहेका उनलाई नेकपाको यस क्षेत्रको प्रभावशाली नेताको रुपमा लिइन्छ।

प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ । लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ । उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए।

हालसम्म देशभरबाट ५ सयभन्दा बढी नेताकार्यकता समातिएका छन्। प्रहरीले उनीहरुविरुद्ध समाजको शान्ति सुव्यववस्था खलबल्याउन खोजेकोलगायतका आरोपमा पक्राउ गर्ने गरेको छ। गत फागुन २८ गते सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो । पक्राउ परेका लामाको घर काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ हो।

लामा १० वर्षे जनयुदद्धका क्रममा गम्भीर घाइते भएका थिए। उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन्। तत्कालिन माओवादीमा सांस्कृतिक कलाकार हुदै उनी माओवादी विभाजित भएपछि सुरुमा मोहन वैद्यतिर लागेका थिए। तर वैद्य समूह पनि फुटेपछि उनी विप्लवमा पुगेका थिए।