जनता टाइम्स

२७ असार २०७९, सोमबार १२:०६

पाँच दलीयमा गठबन्धन वित्तीय गठबन्धनमा रूपान्तरण भयो: सांसद सिलवाल


काठमाडौं, २७ असार । एमाले सांसद नवराज सिलवालले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन क्रमश: वित्तीय गठबन्धनमा परिणत भएको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिलवालले मुलुक आर्थिक अवस्था तहसनहस भएको अवस्थामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेको प्रति आपत्ति जनाउनुभयो ।

‘पाँचदलीय गठबन्धन अब वित्तीय गठबन्धन, लाभको गठबन्धन, फाइदाको गठबन्धनमा परिणत भएको छ, नेपाल प्रहरीलाई आवाश्यक नै नपरेको हतियार खरिद गर्ने निर्णय गरेर यसलाई पुष्टि गरेको छ,’ सांसद सिलवालले भन्नुभयो,‘बिचौलियाको भरमा हतियार खरिद गर्न रकम निकासा गराइँदैछ, यतिवेला नेपाल प्रहरीलाई हतियार होइन, प्रविधियुक्त बनाउन जरुरी छ ।’

नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णयप्रति आपत्ति जनाउँदै सिलवालले तत्काल सो निर्णय फिर्ता लिनुपर्ने मागसमेत गर्नुभएको छ ।