जनता टाइम्स

५ श्रावण २०७६, आईतवार ०९:२७

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा लालबहादुर केसी विजयी


काठमाडौं, साउन ४

गैर आवसिय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा लालबहादुर केसी विजयी हुनु भएको छ । शनिवार भएको निर्वाचनमा उहासहित प्यानलनै विजयी भएको छ ।

मु्ख्य–मुख्य सहरमा बुथको प्रयोग गरेर निर्वाचन गरिएको थियो भने अन्य स्थानबाट सिँधै अनलाईनबाट मतदान गर्ने व्यबस्था गरिएको थियो । केसीले आफ्ना निकटतम प्रतिद्धन्दी धनश्याम सापकोटालाई पराजित गर्नुभएको थियो । सापकोटाले मात्र ४८६ मत ल्याउँदा केसीले ९३५ मत ल्याउनुभएको थियो ।

यसैगरी उपाध्यक्षमा बल कुमार गोले, उद्धबप्रसाद अधिकारी र महिला उपाध्यक्षमा भाबना नेपाल विजयी हुनुभएको छ । महासचिवमा दया निधी गौतम, सचिवमा नारद कुँबर र प्रदिप रुपाखेती, कोषध्यक्षमा बिपन भण्डारी, सह–कोषाध्यक्षमा कमल (नरहरी) बश्याल बिजयी हुनुभएको छ । अधिकांश पदमा केसी प्यानलबाट विजयी भएकाले यो पटकको निर्वाचनमा संस्थापन पक्ष बढारिएको छ ।