जनता टाइम्स

२८ असार २०७९, मंगलवार १९:४६

तीन जिल्लाका सिडिओ सरुवा


काठमाडौं, असार २८ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।

गृह मन्त्रालयले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ।

गृह मन्त्रालयकाअनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ।

कञ्चनपुरका रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन्। उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो। गृह मन्त्रालयले गत शुक्रवार सिडिओ सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रालयले आइतबार निर्णय कार्यान्वयन गरेको हो।