रुपन्देही, २८ असार । ओमानमा रहेकी श्रीमतीको फेसबुक अकाउन्ट खोलेर फोटो दुरुपयोग गर्दै चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका -४ मुर्गिया निवासी ३६ वर्षीय जिवन दमाईले रहेका छन् ।
प्रहरीका अनुसार जिवनले वैदेशीक रोजगारीको शिलशिलामा ओमानमा रहेकी आफ्नै श्रीमतीको सामाजिक सञ्जालमा फोटो अपलोड गरी अश्लिल क्याप्सन राखेर चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्