काठमाडौं, २९ असार । काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटना भएको छ। लगनखेलबाट बूढानीलकण्ठ जाँदै गरेको बा ४ ख ५६६१ नम्बरको साझा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्कुटर जोगाउन खोज्दा बस चिप्लिएर बिजुली पोलमा ठोक्किन पुगेको बस चालक बालसाङ लामाले बताउनुभयो ।
घटना बुधबार साँझतिरको हो।बस दुर्घटना भएर लाजिम्पाट सडकखण्डको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।दुर्घनामा कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्