काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाँदै हुनुहुन्छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उहाँको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने बताईएको छ ।
अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुहुने छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नकार्यक्रम रहेको छ । अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्