जनता टाइम्स

३० असार २०७९, बिहीबार १७:३६

पूर्वमन्त्री रेणु यादवले परित्याग गरिन जसपा


काठमाडौं, असार ३० । जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य रेणुकुमारी यादवले पार्टी परित्याग गर्नुभएको छ । व्यक्तिगत कारण देखाउँदै पूर्वमन्त्री यादवले आज जसपाको सम्पूर्ण पदीय जिम्मेवारी परित्याग गर्नुभएको हो ।

‘वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु, तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु,’  अध्यक्ष यादवलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ ।

यादव यसअघि भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो । जसपाले नयाँ मन्त्री पठाएपछि उहाँ फिर्ता हुनुभएको हो ।