जनता टाइम्स

३० असार २०७९, बिहीबार १७:५०

हामीलाई हेप्नी भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा एकाएक जंगिए सुनिल थापा


काठमाडौं, असार ३० । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री सुनिल थापाले राप्रपाबाट आएका नेताहरूलाई भूमिकाविहीन बनाइएको भन्दे आक्रोश पोख्नुभएको छ ।

कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा आज आफ्नो धारणा राख्दै थापाले राप्रपाबाट ठूल्ठूला पद र हैसियत छाडेर आएका हस्तीहरूलाई पार्टीले जिम्मेवारी नदिएको भन्दै आक्रोश पोख्नुभएको हो ।

‘राप्रपाबाट त्यत्रो पद र हैसियत छोडेर धेरै साथीहरू मेरो विश्वासमा आउनुभयो । तर, अहिले उहाँहरूलाई खै भूमिका दिएको ?, हामीलाई यसरी हेप्नी हो ?  भूमिका दिनुपर्दैन ?,’ बैठकमा थापाको भनाई उधृत गर्दै एक नेताले बताए ।

ती नेताका अनुसार थापा त्यत्तिमा मात्र रोकिनु भएन, यही बैठकबाटै भूमिका दिनुपर्ने अडान राख्नुभएको छ ।