जनता टाइम्स

३० असार २०७९, बिहीबार १९:४०

माल्दिभ्सपछि सिंगापुर पुगे श्रीलंकाका राष्ट्रपति राजपक्षे


काठमाडौं, असार ३० । सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ ।

मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए। उनले भने ,’श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो ।

उनले राजनीतिक शरण मागेका छैनन् । र कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।’

श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका छन् । श्रीलंकामा प्रदर्शनकारी गोटाबाया राजपक्षे र विक्रमसिंघे दुवको राजीनामा मागिरहेका छन् ।