काठमाडौं, असार ३१ । भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा आजदेखि दिल्ली भ्रमणमा जान लाग्नुभएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने भएको छ।
प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान हुने कार्यक्रम छ । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।
तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।













प्रतिक्रिया दिनुहोस्