जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १५:१६

माइला लामा पक्राउपछि खुल्यो बिप्लवको पोल : भेटियो चार सय ब्यापारीसँग चन्दा असुलीको सूची


काठमाडौं, साउन ५ । बम बिष्फोट गर्दै सर्वसाधरण आतंकित पारेपछि प्रतिवन्धमा परेको बिप्लव नेतृत्वको समुहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामाको साथबाट चार सय भन्दा बढीको चन्दा लिस्ट फेला परेको छ । काठमाडौंको काँडाघारीबाट आज बिहाज पक्राउ परेका लामाको साथबाट चन्दाको लिष्ट प्रहरीले फेला परेको हो ।

प्रहरीले बिप्वलका प्रभावशाली नेता लामासँगै उनका सहयोगी रमेश तामाङलार्य पक्राउ गरेको हो । लामाको साथबाट पाँच लाख रुपैँयादेखि २० लाखसम्मको चन्दाको सूची वरामद गरेको प्रहरीले जनाएको छ । विप्लव समूहले तयार पारेको चन्दा लिस्टमा साना उधोगीदेखि हाइड्रोपावर प्रोजेक्टसम्मको विवरण रहेको छ । यस्तै सरकारी कर्मचारीको तहगत बिवरण उतारेर चन्दा असुलीको योजनासमेत बनाइएको पाइएको छ ।

बिप्लव नेता माइलालाई प्रहरीले महानगरीय प्रहरी अपराध महाशखामा राखेर अनुसन्धान अघि बढाएको छ । लामा तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेदेखि नै भूमिगत रहेका थिए । माओवादी विभाजनसँगै मोहन वैद्य समूहमा लागेका उनी बिप्वलले बैद्य समुह त्यागेर चन्दा असुलीका लागि बनाएको पार्टीमा लागेका हुन ।

गीतकार तथा संगीतकार समेत रहेका लामा पहिलो संविधान सभामा काठमाडौंबाट झिनो मतले पराजित भएका थिए। उनी जनयुद्धको क्रममा बम विस्फोटमा परेर घाइते समेत भएका थिए। जनयुद्धकै समयमा जेल परेका लामामा विस्फोटमा परेपछि आँखा कम देख्ने र कान कम सुन्ने समस्या रहेको छ । उनी बिप्लवको थिंक ट्यांकका रुपमा समेत परिचित छन । प्रहरीले चन्दाको लिस्ट फेला पारेसँगै बिप्वल समुहको आन्दोलनको मुख्य लक्ष्य बाहिर आएको छ ।