काठमाडौं, असार ३१ । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिर्पोटिङ पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी) मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् ।
‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधिसभामा उपसभामुख चयनको प्रक्रिया चलिरहेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्प्रर्धामा हुनुहुन्छ ।
पत्रकारहरुलाई सभामुख अग्नि सापकोटाले नै प्रवेश नदिन आदेश दिएर बाहिर राखिएको हो । सभामुख सापकोटाको यो कामलाई संसदमा उपस्थित पत्रकारहरुले निरंकुश राजतन्त्रको बेला तात्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुसता बिर्साउने कामको संज्ञा दिएका छन ।













प्रतिक्रिया दिनुहोस्