काठमाडौं, ३१ असार । प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित हुनुभयो ।
भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गर्नुभयो । यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्को बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’




























प्रतिक्रिया दिनुहोस्