जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १६:५०

यी हुन नेकपाका ७७ ओटै जिल्ला र ६ महानगरको इञ्चार्ज–सहइञ्चार्ज (सूचीसहित)


काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकले ७७ ओटा जिल्ला कमिटी र जिल्ला कमिटी सरहकै ६ ओटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।

बैठकले बिभाग, केन्द्रीय निकायको बिषयमा भने पर्सि बस्ने सचिवालय बैठकबाट निर्णय लिने सहमति गरेको छ । ‘पर्सि पार्टी कार्यालय धुम्बाराहीमा अर्काे बैठक बसेर बाँकी निर्णय लिइने छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । यसअघि आज साँगठानिक एकताको सवै काम टुंग्याउने घोषणा नेकपाले गरेको थियो । तर पसिएसम्म सारिएको छ ।

तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको १४ महिनापछि नेकपाले आज एकताको बाँकी काम टुंगो लगाउने घोषणासहित बैठक बोलाएको थियो । नेकपामा लामो समयसम्म सहमति जुटन नसक्द्या केन्द्रीय सदस्यको कार्यबिभाजन, जिल्ला इञ्चार्ज, सहइञ्चार्जको टुंगो लाग्न सकेको थिएन । आज भने इञ्चार्जको टुंगो लागेको हो ।

हेर्नाेस सूची

ncp incharge