काठमाडौं, ३२ असार । शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो ।
सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो । शुक्रबार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।
प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दै हुनुहुन्छ । एक स्रोतका अनुसार भारत भ्रमणको लागि सवै चाजोपाँजो मिलाएको आरजु देउवाले अबको संघ र प्रदेशको निर्वाचन पछि आलोपालो प्रधानमन्त्री बन्ने २ बुदें सम्झौता हुन सक्ने बताईएको छ । काँग्रेसको तर्फबाट आरजु राणा प्रधामन्त्री बन्ने त्यसको लागि प्रधामन्त्री देउवाले पार्टी भित्र गृहकार्य गरिरहेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्