जनता टाइम्स

३२ असार २०७९, शनिबार १७:५०

माओवादीमा एक्लै चुनाव लडने हैसियत छैन : गृहमन्त्री खाँण


काठमाडौं, असार ३२ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव लडने हैसियतमा नरहेको खुलासा गर्नुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री खाणले माओवादीले एक्लै चुनाव लडने हैसियत गुमाइसकेकोले आउँदो चुनावमा १० १५ सिट दिएर आफैतिर राखिरहनु पर्ने बताउनु भएको हो ।

‘माओवादी एक्लै लडने हैसियतमा छैन, त्यसैले आउँदो चुनावमा गठबन्धन गरेर हामीतिरै राखिरख्नुपर्छ, उस्को भोटले कांग्रेस जित्छ, बैठकमा खाणको भनाई उधृत गर्दै एक सदस्यले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार गृहमन्त्री खाणले सुरक्षा निकायको रिपोर्टमा पनि माओवादी एक्लै चुनावमा जाने अवस्था नरहेको देखिएको बताउनु भएको छ ।

उहाँले माओवादी गठबन्धन बिना एक्लै चुनावमा नजाने ठोकुवा पनि गर्नुभयो । ‘गठबन्धन बिना माओवादी एक्लै चुनाव लड्दै लड्दैन, त्यो हैसियत नै छैन उस्को, उस्ले कुनै अर्को पार्टनर खोजिहाल्छ,’ खाडको भनाई थियो ।

केन्द्रीय समितिको बैठकमा बोल्दै मन्त्री खाणले एमालेलाई हराउनका लागि अहिलेमात्रै नभई पछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको जिकिरसमेत गर्नुभएको छ ।